गम्भीर घाइते प्रहरीलाई काठमाडौँ लगियो
शुक्रबार, ०४ साउन २०७५, ११ : ४०
बाँके -जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरी जवान कमलप्रसाद आचार्यको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको थियो ।
घाइते उपाध्यायको अवस्था गम्भीर भएपछि थप उपचारका लागि अहिले केहीबेर अघि माउण्टेन हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।
उनका अनुसार घाइते आचार्यलाई उपचारका लागि बिहीबार जुम्लाबाट नेपालगञ्ज ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास