शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वानेश्वर झडपमा तरुण दलका अध्यक्ष घाइते

शनिबार, ०५ साउन २०७५, १४ : ५६
शनिबार, ०५ साउन २०७५

काठमाडौं– सरकारको विरोधर अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले आज राजधानीमा गरेको प्रर्दशनका क्रममा भएको दोहोरो झडपका क्रममा  अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन बढी घाइते भएका छन् । 
शनिबार राजधानीको माईतीघरमण्डलाबाट नयावानेश्वर तर्फ जाँदै गरेको तरुण दलको र्यालीलाई सुरक्षाकर्मीले बानेश्वर चोक प्रहरीले रोकेपछि दोहोरो झडप भएको हो । 
तरुण दल भन्दा अघि डाक्टर केसीको समर्थनमा सडकमा उत्रिएका विवेकशिल साझा पार्टी र नागरिक समाज तथा अधिकारकर्मीहरुले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुशमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडपको स्थिति श्रृजना भएको हो । नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो ।
झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रर्दशनकारीले पनि सुरक्षाकर्मीलाई लक्षित गरि ढुंङगा प्रहार गरेका थिए । प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेपछि केही समय नयाँवानेश्वर वरपरको क्षेत्र तनाबग्रस्त बन्यो । सो क्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन बढी घाईते भएका छन् । अहिले बानेश्वर वरपरको सुरक्षाव्यवस्था कडा बनाइएको छ । उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यसैबीच झडपका क्रममा प्रहरी इन्सपेक्टर खेम नेपाल पनि घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप