शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेनो सर्भिस क्याम्प अब तपाईंको शहरमा

सोमबार, ०७ साउन २०७५, १९ : १९
सोमबार, ०७ साउन २०७५

काठमाडौं । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोबाइल्स् प्रा. लि. ले आफ्नो उपभोक्ताको सुविधाको लागि ‘रेनो सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ । 

साउन ६ गतेदेखि ल्याएको यो सर्भिस क्याम्प साउन ८ गतेसम्म नेपालका विभिन्न शहरहरुमा आयोजना हुनेछ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउनेछन् ।

रेनोले यो सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुविधा दिनेछ । यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने कप्नीले विश्वास लिएको जनाएको छ । 

यो सर्भिस क्याम्प नेपालका मुख्य शहरहरुमा सञ्चालन हुनेछ । जसमा शाहारा अटो मोबाईल्स एण्ड कम्पनी प्रा.लि. बिर्तामोड झापा (साउन ६ गते देखि ८ गतेसम्म), महाविर अटो मोबाइल्स विराटनगर (साउन ६ गतेदेखि ८ गतेसम्म),  युनाइटेड अटो कन्र्सन नारायणगढ (साउन ६ गतेदेखि ८ गतेसम्म), जुपिटर ह्वल्स बुटबल (साउन ६ गतेदेखि ८ गतेसम्म), भैरहवा अटो कम्पनी भैरहवा (साउन ६ गतेदेखि ८ गतेसम्म) र जोन्छेन ट्रेर्डस पोखरा (साउन ६ गतेदेखि ८ गतेसम्म)  यी आयोजना हुँदैछ ।

यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउनेछन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निःशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निःशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निःशुल्क दिइनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप