आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमै बालिका बलात्कृत

मङ्गलबार, २२ साउन २०७५, ०७ : २०
मङ्गलबार, २२ साउन २०७५

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन् । 

उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार मिमल्सिनाले शनिबार राति ११ बजे बालिका सुत्ने कोठामा गएर बलात्कार गरेका थिए ।

बृत्त प्रमुख डिएसी श्याम राईले तिमल्सिनालाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताए । 

हरि तिमल्सिालाई पक्राउ गरिएको छ । अनुसन्धान हुँदैछ । उनलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको हो, उनले भने । , यो खबर आजको नयाँ पत्रिकामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप