गण्डकी प्रदेश
गण्डकीमा राप्रपा तटस्थ बस्ने
आइतबार, २३ वैशाख २०८१, १३ : २४
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको छ । आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन् । राप्रपा सचेतक विन्दु पहाडीकाअनुसार विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने भएकाे हाे ।
‘हामी आज तटस्थ बस्छौं,’ उनले भनिन्, ‘यसपछि के हुन्छ थाहा छैन । संविधानअनुसार अघि बढ्छ ।’ राप्रपाले मत नदिए अधिकारीलाई बहुमत पुग्दैन ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण