शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

जापानी विदेशमन्त्री योको काठमाडौँ दरबार स्क्वायरमा (तस्बिरहरु)

आइतबार, २३ वैशाख २०८१, १४ : ५३
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन्। आइतबार काठमाडौँ आएलगत्तै मन्त्री योकोले दरबार स्कवायरको भ्रमण गरेकी हुन् ।

japan-foreign-minister (2)

दरबार स्क्वायरको भ्रमणलगत्तै उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुई पक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।  त्यसपछि मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि उनले चार बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी पुनः होटल फर्किने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने रात्रिभोजमा विदेश मन्त्री योको सहभागी हुने छिन् । डिनरपछि साँझ ७ बजे राष्ट्रपतिसँग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

japan-foreign-minister (3)

राष्ट्रपति पौडेलसँगको भेटघाटपछि ८ः३५ बजे जापानी पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । पत्रकारसँग भेटघाटपछि उनी राति १० बजे जापान फर्किने कार्यक्रम रहेको छ ।  उनी परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपाली भ्रमणमा आएकी हुन्।

japan-foreign-minister (4)japan-foreign-minister (5)japan-foreign-minister (6)japan-foreign-minister (7)japan-foreign-minister (8)japan-foreign-minister (9)japan-foreign-minister (10)japan-foreign-minister (11)japan-foreign-minister (12)japan-foreign-minister (13)japan-foreign-minister (14)japan-foreign-minister (15)japan-foreign-minister (16)japan-foreign-minister (17)japan-foreign-minister (18)japan-foreign-minister (19)japan-foreign-minister (20)japan-foreign-minister (21)japan-foreign-minister (22)japan-foreign-minister (23)japan-foreign-minister (24)japan-foreign-minister (25)japan-foreign-minister (26)japan-foreign-minister (27)japan-foreign-minister (28)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप