ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु
आइतबार, २३ वैशाख २०८१, १५ : १७
वासिङ्टन । तीव्र गतिमा गइरहेको एउटा गाडी शनिबार राति ह्वाइट हाउसको गेटमा ठोक्किँदा चालकको मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।
“स्थानीय समयानुसार शुक्रबार राति १०ः३० बजेतिर गाडी ह्वाइट हाउस परिसरबाहिरी गेटमा ठोक्कियो”, सङ्घीय कानुन प्रवर्तन एजेन्सीले आइतबार सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा भनेको छ, “अधिकारीहरूले गाडी खाली गराएपछि सुरक्षा प्रोटोकल लागु गरिएको छ, ह्वाइट हाउसलाई कुनै खतरा थिएन ।”
एजेन्सीको सञ्चार प्रमुख एन्थोनी गुग्लिएल्मीले सामाजिक सञ्जाल एक्समार्फत एजेन्सी र स्थानीय प्रहरी विभागले घटनाको अनुसन्धान गर्दा सीमित ट्राफिक बन्द रहने जानकारी दिए । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण