पाकिस्तान सेनाको कारबाहीमा मारिए १० जना आतङ्ककारी
आइतबार, २३ वैशाख २०८१, १५ : ३५

इस्लामावाद । सुरक्षा बलसँगको दुई भिडन्तमा दश संदिग्ध आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पहिलो घटना खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजीरिस्तान जिल्लामा भएको हो ।
गुप्तचर सूचनाको आधारमा गरिएको कारबाहीमा ६ चरमपन्थी मारिएको सेनाले जनाएको छ । मारिएका चरमपन्थीहरूको पहिचान अझै स्पष्ट भइसकेको छैन । तर यस क्षेत्रमा पाकिस्तानी तालिबान लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गर्दै आएका थिए ।
दोस्रो घटना दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तको हो । मोटरसाइकलमा यात्रा गरिरहेका चार संदिग्ध आतंककारीले क्वेटा सहरमा प्रहरीको गाडीमा गोली चलाएका थिए । यी चारै जना पनि मारिएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज