पाकिस्तान सेनाको कारबाहीमा मारिए १० जना आतङ्ककारी
आइतबार, २३ वैशाख २०८१, १५ : ३५
इस्लामावाद । सुरक्षा बलसँगको दुई भिडन्तमा दश संदिग्ध आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पहिलो घटना खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजीरिस्तान जिल्लामा भएको हो ।
गुप्तचर सूचनाको आधारमा गरिएको कारबाहीमा ६ चरमपन्थी मारिएको सेनाले जनाएको छ । मारिएका चरमपन्थीहरूको पहिचान अझै स्पष्ट भइसकेको छैन । तर यस क्षेत्रमा पाकिस्तानी तालिबान लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गर्दै आएका थिए ।
दोस्रो घटना दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तको हो । मोटरसाइकलमा यात्रा गरिरहेका चार संदिग्ध आतंककारीले क्वेटा सहरमा प्रहरीको गाडीमा गोली चलाएका थिए । यी चारै जना पनि मारिएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण