शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने

आइतबार, २३ वैशाख २०८१, १५ : ३२
आइतबार, २३ वैशाख २०८१

पोखरा । गण्डकी प्रदेशसभा बैठक सुरु भएको छ । आइतबार जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । 

प्रदेशसभा सचिव हरिराज पोखरेलले मुख्यमन्त्री अधिकारीले आइतबारको बैठकमा विश्वासको मत लिने जानकारी दिए । 

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा भने तटस्थ बस्ने भएको छ ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एक जनाको समर्थन छ ।  प्रतिपक्षी कांग्रेससँग २७ सिट छ ।

यस्तै सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्य विभाजन सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप