गण्डकी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
आइतबार, २३ वैशाख २०८१, १५ : ३२
पोखरा । गण्डकी प्रदेशसभा बैठक सुरु भएको छ । आइतबार जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रदेशसभा सचिव हरिराज पोखरेलले मुख्यमन्त्री अधिकारीले आइतबारको बैठकमा विश्वासको मत लिने जानकारी दिए ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा भने तटस्थ बस्ने भएको छ ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एक जनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सिट छ ।
यस्तै सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्य विभाजन सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण