शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छोरालाई परीक्षा केन्द्रमा छाडेर फर्किने वितिकै बाबुको मृत्यु

मङ्गलबार, २९ साउन २०७५, १३ : १८
मङ्गलबार, २९ साउन २०७५

गुल्मी– गुल्मीमा एसईई पुरक परीक्षा केन्द्रको गेटभित्र छोरा पठाएर बाईबाईको हात हल्लाएका एक बाबु उतिबेलै ढलेर सधैका लागि बिदा भएका छन् । सदरमुकाम तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा छोरा कृष्पन श्रेष्ठलाई पठाएर फर्किने क्रममा ढलेका रुरु गाउँपालिका वडा नम्वर–१, रिडी बजारका ५५ बर्षिय कृष्णमान श्रेष्ठ हृदयघातका कारण सधैका लागि संसारबाट बिदा भएका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी रुरु–१, वडा कमिटीका सदस्य रहेका श्रेष्ठ गत चार दिनदेखि छोरालाई परीक्षा दिलाउन तम्घास आएका थिए ।  श्रेष्ठको आजै कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले उनको घरमा लगेर रिडीमा अन्त्येष्ठी गर्ने साविक एमालेको युवा संघ नेपालका पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

भण्डारीका अनुसार छोराले परीक्षा नसक्दा सम्म घटनाबारे जानकारी दिइएको थिएन । परीक्षा सकिएलगत्तै बाबु विरामी परेर पाल्पा लगिएको भन्ने जानकारी दिएको भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप