शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंकको मुनाफामा ८५.२०% को फड्को

बुधबार, ३० साउन २०७५, १८ : ४८
बुधबार, ३० साउन २०७५

काठमाडौं । सिभिल बैंक लिमिटेडले आ.व.०७४/७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले रु ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ८५.२०%को फड्को हो ।

त्यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९%ले घटेर रु. १ अर्व ४३ करोड भएको छ भने आवास कर्जा ३१.७८%ले बृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै रु. १६.९१ करोड आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७%ले बृद्धि भएको छ ।

बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८%ले बृद्धि गरी रु. ४० अर्ब १ करोड संकलन गरेको छ भने कर्जा प्रवाह गत आ.व.को तुलनामा ३३.७१%ले बृद्धि गरी रु. ३९ अर्ब ४६ करोड गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८%बाट घटेर २.६५% भएको छ ।

बैंकले गत आ.व.को तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम रु ९ अर्व ९४ करोड तथा खुद मुनाफामा गरेको बृद्धि रकम रु २९करोड ६७ लाख केही पुराना तथा ठूला बैंकहरु भन्दा पनि बढीे छ । आ.व. २०७४/७५को मसान्तसम्म २५०,००० भन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेकोे छ ।

आ.व. २०७४/७५को प्रमुख सुचकांकहरुको तुलनात्मक विवरण

Particulars

Ashadh End 2075

Asar End 2074

Increment/(Decrement)

% Change

Deposits

40,012,670,889

34,235,242,776

5,777,428,113

16.88%

Loans and Advances

39,460,979,379

29,511,612,827

9,949,366,551

33.71%

Real Estate Loan

    1,433,416,736

  1,483,788,880

-50,372,143

-3.39%

Home Loan upto NPR 15 Million

1,776,801,157

1,348,279,204

428,521,953

31.78%

Term Loan

10,736,061,467

9,034,576,170

1,701,485,297

18.83%

Overdraft Loan/TR

22,039,031,200

14,277,509,133

7,761,522,067

54.36%

Fees Income

266,435,352

201,926,815

64,508,537

31.95%

Forex Income

169,142,201

99,107,064

70,035,136

70.67%

Provision for Loss

472,657,943

680,861,084

-208,203,141

-30.58%

Write Back of Provision

651,973,387

463,990,143

187,983,244

40.51%

Net Profit

645,011,353

348,279,568

296,731,785

85.20%

Capital Fund

20.65%

18.82%

 

 

NPA %

2.65%

3.96%

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप