अन्तर्वार्ता लिँदा जबर्जस्ती युवतीसँग हात मिलाउन खोजे, पाँच लाख जरिवाना
स्विडेनको एक कम्पनीमा मुस्लिम युवतीको अन्तर्वार्ता लिइरहेका व्यक्तिले जबर्जस्ती उनीसँग हात मिलाउन कोसिस गरे । युवतीले अस्विकार गर्दा उनलाई जागिर दिइएन । पीडितको उजुरीपछि अदालतले कम्पनीलाई भेदभावको मामलामा दोषी ठहर गर्दै ४० हजार क्रोनर अर्थात् पाँच लाख २९ हजार रुपैयाँ जरिवाना लगायो ।
युरोपका केही देशमा हात मिलाउने परम्परा छ, तर केही मुस्लिम महिला पुरुषसँग हात मिलाउन चाहँदैनन् । यसै कारण त्यहाँका थुप्रै कम्पनी र सार्वजनिक निकायमा भेदभाव विरोधी नियम बनाइएको छ ।
युवतीले भनिन्, ‘धामिर्क भावनासँगको खेलबाड सह्य छैन’:
उपासला काउन्टी (स्टकहोम) निवासी २४ वर्षे फराहले आफू अल्पसंख्यक समुदायको हुँदा हुँदै पनि हार नमानेको बताइन् । उनले कसैलाई पनि दुःख दिन नचाहेता पनि धार्मिक भावनासँगको खेलबाड असह्य भएको बताइन् ।
स्विडेनमा प्रशासनसँग जोडिएका एक अधिकारीले फराहको मामलामा अन्तर्वार्ता लिने व्यक्तिले जानीजानी गलत व्यवहार गरेको बताए । उनले भने, ‘देशमा कसैले पनि धार्मिक स्वतन्त्रताविरुद्ध खेलबाड गर्नु हुँदैन ।’
कम्पनीले यस्तो जवाफ दिएको थियोः
कम्पनीका अधिकारीले आफूले महिला र पुरुष कर्मचारीलाई समान व्यवहार गर्ने भएकाले कुनै पनि महिलाले पुरुष कर्मचारीसँग हात मिलाउन अस्विकार गर्न नसक्ने बताए ।
यसबारे अदालतले महिला र पुरुषमा समान व्यवहारका लागि कम्पनीले हात मिलाउने कुरालाई परिमान मानिरहेको छ । युवतीले आफ्नो धर्म अनुसार हात मिलाउन अस्विकार गरिन् । युरोपको मानवाधिकार कानून हरेक नागरिकको धामिर्क स्वतन्त्रताको सम्मान गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर