शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले गरे प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार !

शनिबार, ०२ भदौ २०७५, १८ : ०६
शनिबार, ०२ भदौ २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गरेका छन् । तर, प्रधानमन्त्री ओलीप्रतिको सोचाई मधेशमा परिवर्तन नभएको कुरा आजको घटनाले पुष्टि भएको छ ।

लामो समयपछि मधेश झरेका प्रधानमन्त्री ओलीको त्यहाँ विरोध भएको छ । राष्ट्रिय जनता पार्टी (नेपाल) का अधिकांश मन्त्री र सांसदले प्रधानमन्त्री ओलीको सम्बोधनलाई वहिष्कार गरेका छन् भने सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद तथा मन्त्री गौण बसेका छन् । 

प्रधानमन्त्री ओलीको प्रदेशसभामा हुने सम्बोधनलाई सफल बनाउन उपेन्द्र यादवको विशेष निर्देशन थियो । त्यही भएर उनको दलका प्रदेश सरकारका मन्त्री तथा सांसद कतै टसमस भएनन् ।

तर, प्रधानमन्त्री ओलीको सम्बोधनमा फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव पनि सहभागि हुने कार्यक्रम थियो । सम्बोधन कार्यक्रममा आउन प्रधानमन्त्री अ‍ोलीले पनि उनलाई आग्रह गरेका थिए तर अन्तिम समयमा मन्त्री यादव त्यहाँ उपस्थित भएनन् । 

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सम्बोधन कार्यक्रममा आउने कुरा प्रदेशसभाका सभामुख सरोजराय यादवले हिजै नै सञ्चारकर्मीलाई जानकारी गराएका थिए । 

गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालको डायलासिस सेवाको उद्घाटन गर्न हिजो सप्तरी पुगेका मन्त्री यादव उतैबाट जनकपुर पुग्ने कार्यक्रम थियो । पार्टी अध्यक्ष आउने भनि जनकपुरमा पनि त्यही अनुसारको तयारी भइरहेको थियो । 

तर, जनकपुर तथा प्रदेशसभामा ओलीको विरोध हुने थाहा पाएपछि हिजो नै उनी त्यतैबाट काठमाडौ फर्केका थिए । सप्तरीमा भएका कार्यक्रम छुट्याएर मन्त्री यादव विराटनगर हुँदै काठमाडौ फर्केका थिए ।

प्रदेश २ मा फोरम नेपालको नेतृत्वमा सरकार गठन भएको छ । र प्रदेशसभामा फोरम नेपालकै बहुमत रहेको छ । त्यस अवस्थामा फोरम नेपालका अध्यक्ष यादवको उपस्थिति अनिवार्य थियो । तर, उनले विरोध हुने डरले जनकपुर नगई काठमाडौं फर्के ।

राजपा नेपालका अधिकांश नेताले ओलीको सम्बोधन कार्यक्रमलाई विरोध गरेपनि फोरम नेपालका एकजना नेता पनि त्यसको बारेमा नबोल्नुलाई मधेशका आम जनताले अनौठो रुपमा लिएको छ । र, राजपा नेपालभन्दा बढी फोरम नेपालको आलोचना भइरहेको छ । 

केन्द्रमा फोरम नेपालमा सरकारमा सहभागि भएको छ भने राजपा नेपालमा विश्वासको मत मात्र दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप