अन्डरवर्ल्ड डन दाउदका दाहिने हात मानिने जबिर मोती लण्डनबाट पक्राउ
आइतबार, ०३ भदौ २०७५, ०९ : २३
अन्डरवर्ल्ड डनको रुपमा परिचित दाउद इब्राहिमका दाहिने हात मानिने जमिर मोतीलाई लण्डनमा पक्राउ गरिएको छ । लण्डन पुलिसले मोतीलाई शुक्रबार हिल्टन होटलबाट पक्राउ गरेर अदालतसामू पेश गरेको छ ।
बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका अन्य देशमा दाउदको डी कम्पनीको कारोबार हेर्ने जबिरलाई पक्राउ गर्न भारतले लण्डनलाई अपिलसमेत गरेको थियो । जबिरमाथि लागुऔषध तस्करी, फिरौती र अन्य आपराधिक घटनामा संलग्न भएको आरोप छ ।
चारिंग क्रस पुलिसले जबिरको पाकिस्तानी पासपोर्ट जफत गरेको छ । यसमा कराँची ठेगाना लेखिएको छ । जबिरसँग ब्रिटनेको १० वर्षको भिसा थियो । उनी एन्टीगुआको नागरिकता लिने तयारीमा भएको बताइएको छ ।