आइएमई लाइफ इन्स्योरेन्स दोस्रो वर्षमा, पहिलो वर्षमै ५३.५० करोड बीमा शुल्क संकलन
काठमाडा । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष ०७४/७५ मा रु. ५३.५० करोड बीमा शुल्क संकलन गर्न सफल भएका छ । ब्यवसाय रुपमा सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा शुल्क संकलन गर्न सफल भएको हो ।
ब्यबसायिक कारोवार सञ्चालन गरेको एक वर्ष पुरा गरेको अवसरमा । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सब मनाएको छ । सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए ।
उनले चालु आ.व.०७५/७६ मा समेत उल्लेख्य शाखा बिस्तार गरि सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने र जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने जानकारी गराए ।
त्यसै गरि कम्पनीले आगामि दिनमा सबैको लागि पहुँच हुने, लाभदायक तथा नवतिम् थप बीमा योजनाहरु ल्याइने पनि जनाएको छ । कम्पनीले आर्थिक बर्ष ०७५/७६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना तर्जुमा गरेको छ ।
कम्पनीले नियमनकारी निकाय श्री बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल