शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन प्रकरणः एसएसपी लोहनी थुनामुक्त

शुक्रबार, २९ भदौ २०७५, १९ : २८
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं । ३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी रिहा भएका छन् । एसएसपी लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए । 

शुक्रबार उच्च अदालत, विराटनगरले एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले एसएसपी लोहनीलाई थुनामुक्त गर्न आदेश दिएको हो । 

एसएसपी लोहनीले गत असार ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

लोहनी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखाका प्रमुख थिए । लोहनीसहित महाशाखाका डिएसपी प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप