शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला हिंसाविरुद्ध सबै लाग्नुपर्छः शेरबहादुर तामाङ

शुक्रबार, २९ भदौ २०७५, २० : ४५
शुक्रबार, २९ भदौ २०७५

मेलम्ची । पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले महिला हिंसा अन्त्य गर्न सबै मिलेर लाग्नुपर्ने बताएका छन् । 

अन्तर पार्टी महिला सञ्जाल मेलम्ची, सिन्धुपाल्चोक लोकदोहारी प्रतिष्ठान र वर्क फर नेपालको संयुक्त आयोजनामा आज मेलम्चीमा भएको चेतनामूलक तीज विशेष सांस्कृतिक कार्यक्रममा उनले भने, ‘समाजमा बढ्दो महिला हिंसाको अन्त्यका लागि जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री तामाङले वैदेशिक रोजगारीमा सुरक्षित नहुने हुँदा महिलालाई स्वदेशमै रोजगारीको सिर्जना गर्नतर्फ लाग्नुपर्छ भन्दै महिला हिंसा बलात्कार जस्ता जघन्य अपराध गर्नेलाई जन्मकैदसम्म हुन सक्ने कानूनी व्यवस्था रहेकाले कसैले पनि हिंसा सहेर बस्न नहुने धारणा व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप