शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा जलाइयो संविधान, सिके राउतका २९ कार्यकर्ता पक्राउ

बुधबार, ०३ असोज २०७५, १७ : १५
बुधबार, ०३ असोज २०७५

रौतहट । रौतहट प्रहरीले २९ जना सिके राउतका समर्थक कार्यकर्तालाई पक्राउ गरेको छ ।

रौतहटको सदरमुकाम गौरको विभिन्न स्थानबाट २९ जना सिके राउत समर्थक कार्यकर्तालाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

संविधान दिवसको अवसरमा गौरस्थित राइश मिलको प्राङ्गणमा कालो दिवस मनाउन जम्मा भइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र मरासिनीले बताए ।

प्रहरीद्वारा पक्राउ पर्नेहरुमा सिके राउतका जिल्ला संयोजक अशोक कुमार शिंह, उपसंयोजक वीरेन्द्र साह, चन्दन सिंह, विनय कुमार बर्मालगायत २९ जना रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको डिएसपी मरासिनीले बताए   ।

माथिल्लो निकायको निर्देशन अनुुसार उनीहरुमाथि कार्यवाही प्रकृया बढाइने जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिए । 

राजपाद्वारा बिरोध प्रदर्शन
यसैबीच रौतहटको सदरमुुकाम गौरस्थित राष्ट्यि जनता पार्टीका कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन ।

पार्टी केन्द्रिय महासचिव सुुरेश कुुमार मण्डलको नेतृत्वमा गौरमा पार्टी कार्यालयबाट निक्लेको बिरोध र्याली भन्सार चौक हँुुदै बिपि चोकमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनको क्रममा वर्तमान सरकार मुुर्दावाद, अधुरो संविधान मुुर्दावाद, संविधान अविलम्ब संशोधन गर जस्ता नारा लगाएका थिए ।

विपी चोकस्थित भएको कोणसभामा राजपाका प्रदेश सांसद बाबुुलाल साह, गौर नगरपालिकाका मेयर अजय गुुप्ता, शेख जम्सैद, अनिल सिंह, रामप्रवेश दास लगायतले अविलम्ब संविधान संशोधनको माग राखेका थिए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप