शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तुरतुरेमा बनेको तालको संरक्षण गरे अर्बौँ आम्दानीको स्रोत

आइतबार, ०७ असोज २०७५, ११ : ०२
आइतबार, ०७ असोज २०७५

प्रेम सुनार
 

 बुटवल–  केही दिनअघि बाग्लुङ्गको बडिगाड गाउँपालिका अन्तर्गत तुरतुरेको पहिरो खस्दा बडिगाड खोला थुनिएर ताल बनेको छ । 

यहाँ पहिरो खसेर ताल बनेसँगै दिनहुँजसो मन्त्री र अन्य जनप्रतिनिधिका साथै उच्च पदस्थ कर्मचारी एव् सुरक्षा निकायका प्रमुखहरु अवलोकन गर्न पुग्ने गरेका छन् ।

ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली प्राकृतिक रुपमै बनेको ताल संरक्षणमा कसैको ध्यान नपुगेको बताउँछन् । ‘प्राकृतिक विपद्लाई अवसरका रुपमा लिएर संरक्षण गर्न सके आम्दानीको श्रोत बन्न सक्छ । तर म आफंैले तालकै रुपमा संरक्षण गर्नुपर्छ भन्दा माथि डुवानमा परेका नागरिकहरु रुष्ट हुनुहुन्छ कि भनेर म बोल्न नसकेको हो’ मेयर विष्टको भनाई छ ।

‘जम्मा चार घर डुवानमा परेका छन् । ती चार घरबाहेक  वुर्तिवाङ्ग बजारसम्म ताल बनाउँदा डुवानको असर नपर्ने देखिन्छ । पानी बढि भए ओभरफ्लो भएर बगेकै छ  । चार घर परिवारलाई क्षतिपूर्ती दिलाउन सकिन्छ’ मेयर विष्ट सम्भावना सुनाउँछन् ।  

तुरतुरेमा सुन्दर ताल बनाउन सकिए ¥याफ्टिङ्ग,  होमस्टे लगायतको पर्यटकीय विकास गर्न सकिने भएकाले यसबारे सबै पक्षसँग छलफल र परामर्श गर्ने उनले बताए । 
पहिला विपद् व्यवस्थापनः प्रजिअ

बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले पहिला विपद व्यवस्थापन त्यसपछि अन्य कुरा सोच्न सकिने बताए । उनले भने–‘बाँधदेखि माथि ८३ किलोमिटर क्षेत्रफलमा ताल फैलिएको छ ।  पाहडै खसेर लाईफ लाईनका रुपमा रहेको मध्यपहाडी लोकमार्गको ३ सय मिटर मोटरबाटो पनि बगेर आवतजावत ठप्प छ ।’ 

  प्रजिअ खरेलले शनिबारमात्रै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र आफूले उक्त क्षेत्रको अवलोकन गरेको तथा सेनाको उच्चस्तरीय टोलीले पनि अवलोकन गर्ने बताए । 
उनले भौगोलिक अवस्था बुझेर तालको बाँध फुटाउनेबारे योजना बनाउने बताए । 

‘अहिलेसम्म पर्यटकीय दृष्टिकोणले भन्दा पनि सुरक्षा र विपद् ब्यवस्थापनको दृष्टिले मात्रै हेरिएको छ । उच्चस्तरीय अध्ययन टोलीको निस्कर्ष, बाग्लुङ्ग र गुल्मीका जनताको प्रतिवेदनका आधारमा मात्रै ताल संरक्षण गर्ने नगर्ने बारे सोच्न सकिन्छ ।’
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप