हात्तीको आक्रमणबाट मगरको मृत्यु
शुक्रबार, ०६ साउन २०७४, १६ : २९
गाईघाट -हात्तीको आक्रमणबाट आज उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ ।
कोशीटप्पु हुँदै बेलका जंगलबाट आएका जोडी हात्तीले आज बिहान आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । आफ्नो घर वाहिर खाटमा सुतिरहेका मगरलाई आज बिहान ४ बजे आएको जोडी हात्तीले ओछ््यानमै आक्रमण गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुवास राईले बताउनुभयो ।
मृत मगरको शव परीक्षणका लागि सुनसरी स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको पनि उहाँले जानकारी दिनुभयो ।