मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षकले गरे विद्यालयमा तालाबन्दी

आइतबार, २१ असोज २०७५, ११ : ३७
आइतबार, २१ असोज २०७५

लहान– लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । 

दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 

नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । 

शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने बताएका छन् । 

यता विद्यालयका प्राध्यनाध्यापक प्रमेश्वर रायले आवश्यक सम्पूर्ण प्रक्रिया तयार पारेर लहान नगरपालिकामा बुझाए पनि तलब निकासा नगरेकाले शिक्षकहरुलाई तलब उपलब्ध गराउन नसकिएको बताए । 

विद्यालयमा पटक–पटक तालाबन्दी हुँदा एक हजार विद्यार्थीको भविष्य अन्धकार बन्दै गएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप