पशुपतिको भेटी चोर्ने ५ कर्मचारीविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौँ । पशुपतिनाथ मन्दिरको भेटी चोरेको आरोपमा पक्राउ परेका ५ जना कर्मचारी विरुद्ध प्रहरीले आपराधिक विश्वासघात र चोरी मुद्दामा अनुसन्धान थालेको छ । आरोपीहरू विरुद्ध आपराधिक विश्वासघात र चोरी मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
सोमबार भेटी चोरेको सिसिटिभी फुटेजमा देखिएपछि पशुपति क्षेत्र विकाश कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले प्रहरीलाई खबर गरेका हुन् । चोरीमा संलग्न आरोपमा कोषमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे, ५१ वर्षीय नवराज ढोडारी, २९ वर्षीय सञ्जय कपाली, ३५ वर्षीय कुमार दमाई परियार र ३४ वर्षीय अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
मन्दिरमा भक्तजनहरूले चढाएको भेटी गणना गर्ने कार्यमा संलग्न कर्मचारीहरूले चोरी गरेको आरोप छ । प्रहरीको नियन्त्रणमा रहेका अनिल परियारले चोरेको रकम नवराज घिमिरे र नवराज ढोडारीलाई बुझाउने गरेको भिडियो बयान दिएका छन् । पशुपति विकाश कोषका पदाधिकारीहरूले सोधपुछ गर्दा उनले सो जिकिर गरेका हुन् । उनको भिडियो बयान सामाजिक सञ्जालमा भाइरल छ । कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने परियारको साथबाट ३४ हजार नेपाली रुपैयाँ र १९ हजार भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका कर्मचारीहरूको साथबाट कूल ९७ हजार बरामद गरिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले बताए । ढोडारीले प्रयोग गरेको लकरबाट ५ हजार नगद बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण