ब्रिटिश प्रधानमन्त्रीले गरे ब्रिटिश गोर्खाको प्रशंसा
काठमाडौँ । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले ब्रिटिश गोर्खाहरूको योगदानको प्रशंसा गरेका छन् ।
बेलायतस्थित नेपाली दूतावासका अनुसार नेपाल र बेलायतबिच मैत्री सन्धिमा हस्ताक्षर गरिएको एक सय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालयले आयोजना गरेको कार्यक्रममा सुनकले द्विपक्षीय ऐतिहासिक सम्बन्धको विभिन्न आयामका बारेमा पनि चर्चा गरेका थिए ।
ब्रिटेनका राजा चार्ल्सको विगतमा भएको नेपाल भ्रमणको स्मरण गर्दै सुनकले विभिन्न क्षेत्रमा ख्यातीप्राप्त नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताए ।
आगामी दिनमा ब्रिटेन र नेपालबिच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ब्रिटेनका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्री प्रचण्डका तर्फबाट शुभकामना व्यक्त गरेका थिए । उनले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्त्वको बारेमा चर्चा गर्दै उक्त सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका बारेमा जानकारी दिँदै उनले ब्रिटेनले नेपालको विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद दिए ।
ब्रिटेनका विदेशराज्यमन्त्री आन मारी ट्रेवल्यानले दुई देशबिच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै नेपालको विकास प्रयासहरूमा ब्रिटेनले गरिरहेको सहयोग जारी रहने बताइन् ।
कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरू, बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण