अपहरण र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
मङ्गलबार, ०८ जेठ २०८१, १२ : ४४
रौतहट । संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गौर नगरपालिका-५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
मिश्र समेतले गौर नगरपालिका-३ बस्ने २७ वर्षीय रोहित कुमार जैसवाललाई २०७८ पुस २० गते साँझ फिरौती रकम माग गर्ने उद्देश्यले झुक्काई अपहरण गरी भारतको बैरगिनियामा लगेर बन्धक बनाई हत्या गरी शवलाई जुटको बोरामा हाली नन्दवारा पुल मुनि फालेको घटनामा संलग्न मिश्रलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका-१ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिकबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत रौतहटमा पठाइएकोमा अदालतको आदेशले पुर्पक्षको लागि गौर कारागारमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण