क्रुसले युरोपछि व्यावसायिक फुटबलबाट संन्यास लिने
मड्रिड । रियल मड्रिड र जर्मनीका मिडफिल्डर टोनी क्रुसले युरो २०२४ पछि व्यावसायिक फुटबलबाट संन्यास लिने भएका छन् । जुलाई २०१४ मा बायर्न म्युनिखबाट रियलमा आबद्ध भएदेखि ३४ वर्षीय खेलाडीले चार-चार पटक ला लिगा र च्याम्पियन्स लिग जितेका छन् ।
क्रुस सन् २०१४ मा विश्वकप जित्ने जर्मनीको टोलीमा पनि थिए । उनले जुलाई २०२१ मा अन्तर्राष्ट्रिय फुटबल छोडेका थिए तर जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानसँगको कुराकानीपछि फेब्रुअरीमा संन्यास फिर्ता लिएका थिए । ‘मेरो महत्त्वाकाङ्क्षा सधैँ मेरो प्रदर्शन स्तरको शिखरमा रहेको बेला मेरो करियर समाप्त गर्ने थियो,’ क्रुसले आफ्नो इन्स्टाग्राममा एक पोस्टमा भने।
क्रुसले सेप्टेम्बर २००७ मा १७ वर्षको उमेरमा बायर्न म्युनिखका लागि बुन्डेसलिगामा डेब्यु गरेका थिए । त्यस सिजनमा उनले तीन जर्मन लिग उपाधिहरू मध्ये पहिलो जित्न सफल भए। उनी २०१३ मा च्याम्पियन्स लिग जित्ने बायर्नको टोलीमा पनि थिए, यद्यपि उनले फाइनल खेलेनन्।
अब रियलले जुन १ मा वेम्बलीमा च्याम्पियन्स लिगको फाइनलमा बोरुसिया डर्टमन्डसँग सामना गर्नेछ। उनले भने, ‘मैले सधैँ रियल मड्रिड मेरो अन्तिम क्लब हो र हुनेछ भन्दै आइरहेको थिएँ । सिजनको अन्त्यमा १० वर्षपछि यो अध्याय समाप्त हुन्छ। म यो सफल समय कहिल्यै बिर्सने छैन।’
रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले थपे, ‘टोनी क्रुस रियल मड्रिडको इतिहासमा उत्कृष्ट खेलाडीहरू मध्ये एक हुन् र यो क्लब उनको घर हो र सधैँ रहनेछ।’
युरो २०२४ को उद्घाटन खेलमा जर्मनीले जुन १४ मा म्युनिखको एलियान्ज एरिनामा स्कटल्याण्डसँग खेल्दैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण