शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

शनिबार, २७ असोज २०७५, १२ : ४२
शनिबार, २७ असोज २०७५

झापा– चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु-याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्टिकर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ । 

वीरता जेसिज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत चेतनामूलक स्टिकर टाँस्ने कार्य, यात्रुलाई पर्चा वितरण र चालकलाई राम्रोसँग सवारी चलाउन प्रेरित गर्दै चकलेट वितरण गरिएको हो । 

झापाबाट काठमाडौँ लगायतका लामो दुरीतर्फ जानेआउने तथा बिर्तामोड बसपार्कबाट इलाम, पाँचथर, ताप्लेजुङ जाने सवारीसाधनलाई लक्षित गरी उक्त अभियान सञ्चालन गरिएको छ । आयोजकले पैदलयात्रीलाई समेत पर्चा वितरण गरेका थिए । 

बिर्तामोडको पश्चिम बिसौनीमा दुबैतर्फबाट आवातजावत गर्ने सवारीसाधनलाई लक्षित गरी तीनवटा टोली तथा बसपार्कमा एउटा टोली बनाएर बिहान ६ बजेबाट उक्त अभियान सञ्चालन गरिएको छ । 

यसअघि गत असोज २ गते वीरता जेसिज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भको घोषणासहित एक हजार चालकलाई खादा लगाएर सम्मान गरिएको थियो भने स्टिकर टाँस, चकलेट र पर्चा वितरण तथा सडक कविता प्रतियोगिता सम्पन्न गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप