नयाँ ‘वानप्लस ५’ बजारमा
काठमाडौं–वानप्लसले आफ्नो प्रिमियम फ्ल्याग शिप स्मार्टफोन मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन वानप्लस ‘५’ सार्वजनिक गरेको छ । नयाँ डिभाइसका साथमा वानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शित गरेको छ ।
वानप्लस –५’ मा उच्च रिजोल्यूशन भएको ड्यूल क्यामरा प्रणाली अहिलेको स्मार्टफोनमा भएजस्तै रहेको छ । जसले अहिलेसम्मकै सबैभन्दा स्पष्ट तस्विर खिच्न सकिने जनाइएको छ । ड्यास चार्ज, वानप्लसको इण्डष्ट्रि नेतृत्व चार्जिङ् टेक्नोलोजी, जसले प्रयोगकर्तालाई आधा घण्टाको चार्जमा नै पुरै एक दिनका लागि शक्ति प्रदान गर्ने जनाइएको छ ।
क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्म, ८ जीबीसँगको संयोजनमा, फोनले सहज यूजर एक्सपेरियन्स न्यून शक्ति प्रयोगमा दिएको छ । वानप्लस–‘५’ ले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्ने छ । वानप्लस ५ ७.२५ मिलिमिटर पातलो छ भने मिडनाइट ब्ल्याक र स्लेट ग्रे कलर अप्सनमा उपलब्ध हुनेछ ।
ड्यूल क्यामरा सिस्टम रहेको यसमा २० मेगापिक्सेलको टेलिफोटो लेन्सका साथमा १६ मेगापिक्सेलको ड्यूल क्यामरा लेन्स रहेको छ । जसले सेन्सर र वस्तुहरुका बिचमा सहि दूरी कुनैपनि वातावरणमा तय गर्न सहयोग गर्दछ ।
यसमा ठूलो किसिमको अपार्चर रहेको छ । जसले तिब्रगतिमा फोटो खिच्न र दृश्यमा स्थीरता कायम गर्न सहयोग गर्दछ । यसको बजा मल्य ५९ हजार ४ सय ९९ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक