यस्ता छन् मुख्यमन्त्री कार्कीका पहिला तीन निर्णय
विराटनगर । काेशी प्रदेश मन्त्रीपरिषद् बैठकले आगामी वैशाख ३१ गते प्रदेश सभाकाे बजेट अधिवेशन आव्हान गर्ने निर्णय गरेको छ ।
नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो र दुई मन्त्री राम राना र गणेश उप्रेतीकाे शपथलगत्तै मन्त्रीपरिषद्काे बैठक राखेका थिए । उक्त बैठकले मन्त्री रानालाई सरकारको प्रवक्ता तोकेको छ भने वरिस्ट अधिवक्ता चुडामणि आचार्यकाे संयाेजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गरेको छ ।
बैठकका निर्णयहरू:
१) प्रदेश सभाको पाचौं तथा बर्खे अधिवेशन ३१ गते ११ बजे आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस ।
२) माननीय राम बहादुर मगर लाई प्रवक्ता तोकेको ।
३) संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण।
संयोजक:- वरिष्ठ अधिवक्ता चुडामणी आचार्य( पूर्व मुख्यन्याधिवक्ता)
सदस्य:- वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य( पूर्व मुख्यन्याधिवक्ता)
सदस्य:- पूर्व प्रदेश सभा सदस्य अर्जुन राई
सदस्य:- पूर्व प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा
सदस्य:- पूर्व प्रदेश सभा सदस्य जसमाया गजमेर
सदस्य:- नरेन्द्र श्रेष्ठ (पूर्व उपसचिव)
सदस्य सचिव:- सचिव,आन्तरिक मामिला तथा कानुन मन्त्रालय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण