सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यस्ता छन् मुख्यमन्त्री कार्कीका पहिला तीन निर्णय

बिहीबार, २७ वैशाख २०८१, २२ : ०६
बिहीबार, २७ वैशाख २०८१

विराटनगर । काेशी प्रदेश मन्त्रीपरिषद् बैठकले आगामी वैशाख ३१ गते प्रदेश सभाकाे बजेट अधिवेशन आव्हान गर्ने निर्णय गरेको छ । 

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो र दुई मन्त्री राम राना र गणेश उप्रेतीकाे शपथलगत्तै मन्त्रीपरिषद्काे बैठक राखेका थिए । उक्त बैठकले मन्त्री रानालाई सरकारको प्रवक्ता तोकेको छ भने वरिस्ट अधिवक्ता चुडामणि आचार्यकाे संयाेजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गरेको छ । 

बैठकका निर्णयहरू:

१) प्रदेश सभाको पाचौं तथा बर्खे अधिवेशन ३१ गते ११ बजे आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस ।

२) माननीय राम बहादुर मगर लाई प्रवक्ता तोकेको ।

३) संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण।

संयोजक:- वरिष्ठ अधिवक्ता चुडामणी आचार्य( पूर्व मुख्यन्याधिवक्ता)

सदस्य:- वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य( पूर्व मुख्यन्याधिवक्ता)

सदस्य:- पूर्व प्रदेश सभा सदस्य अर्जुन राई

सदस्य:- पूर्व प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा

सदस्य:- पूर्व प्रदेश सभा सदस्य जसमाया गजमेर

सदस्य:- नरेन्द्र श्रेष्ठ (पूर्व उपसचिव)

सदस्य सचिव:- सचिव,आन्तरिक मामिला तथा कानुन मन्त्रालय

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप