सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा युवा सम्मेलन सुरु

शुक्रबार, २८ वैशाख २०८१, २१ : २४
शुक्रबार, २८ वैशाख २०८१

हेटौंडा । बागमती प्रदेशस्तरिय युवा सम्मेलन हेटौंडामा शुक्रबारदेखि सुरु भएको छ । युवा सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका हुन् । 

बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सृजनशील र उद्यमशील बनाउने लक्ष्यसहित हेटौँडामा युवा सम्मेलन गरिएको हो । सम्मेलनमा प्रदेशका १३ जिल्लाका युवाको सहभागिता रहेको बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए । सम्मेलनमा २ सयभन्दा बढी १८ देखि ३० वर्षसम्म उमेर समूहका युवाको सहभागिता छ ।

प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा सम्मेलन गरेको हो । जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइएको छ । जिल्लाहरूबाट युवा समितिमार्फत सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत युवा सहभागी गराइएको चौलागाईले बताए । उपाध्यक्ष चौलागाइँले युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । युवा सम्मेलन पश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ । प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने कार्यक्रम सुरु भएसँगै  ‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने उपाध्यक्ष चौलागाईले बताए ।

शुक्रबारदेखि सुरु भएको युवा सम्मेलन यही वैशाख ३० गतेसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप