पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक काठमाडौँबाट पक्राउ
काठमाडौँ । कास्कीको पोखरा क्षेत्रमा ‘मुख्यमन्त्रीको पिए हुँ’ भनेर ठग्ने युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर–३१ घर भएका सुवास सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । २८ वर्षीय सुवेदीलाई आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
वैशाख २० मा सुवेदीले पोखरास्थित एउटा टुर्स एण्ड ट्राभल्स प्रालीमा फोन गरेर ‘म मुख्यमन्त्रीको पिए हुँ, तुरुन्तै मलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट नेपालगञ्जको हवाई टिकट पठाइदिनु भनेर फोन गरेका थिए ।’
टिकट काट्न लगाएर यात्रा गरेपनि उनले ट्राभल्सलाई पैसा नदिएर ठगेका हुन् । वडा प्रहरी कार्यालय बैदामका डीएसपीलाई पनि उनले फोन गरेर ‘बालुवाटारबाट बोलेको हुँ’ भन्दै अभद्र व्यवहारको मुद्दा बुझाउन निर्देशन गरेको खुलेको छ ।
पोखरा क्षेत्रमा कास्कीको प्रमुख जिल्ला अधिकारीलाई मैले सरुवा गरेर ल्याएको हुँ भन्दै हिँड्ने र ठुला मान्छे चिनेको धाक लगाएर ठग्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपीविरुद्ध २ वटा ठगी मुद्दाको जोहरी परेको छ । आरोपीविरुद्ध वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको एसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण