मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
संसद् बैठक

संसद‍्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने

शुक्रबार, २८ वैशाख २०८१, २२ : ५८
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । संघीय संसद्को संयुक्त बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने भएको छ । जेठ १ गते  संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे राष्ट्रपति पौडेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएपनि कांग्रेसले अवरोध गर्ने बताएको हो । 

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले शुक्रबार सूचना जारी गर्दै सो दिन औपचारिक पोसाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह समेत गरेका छन् ।  

तर कांग्रेसले भने संसद् अवरोध जारी रहने जनाएको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्री रवि छामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अवरुद्ध हुने बताए । उनले भने, ‘संसदीय छानबिन समिति नबनी संसद्का सबै काम कारबाही अवरुद्ध हुन्छन् । नीति तथा कार्यक्रम पनि त्यहीभित्र पर्छ ।’ कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमा पनि अवरोध गरेको थियो । 

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप