ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक गरेको हो ।
दोस्रो चरणको लागि छनोट भएका छ हजार ३२१ जनामध्ये पाँच हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणका लागि छनोट भएका ४९८ जना फेल भएका छन् । भने ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ ।
सीप परीक्षणमा उत्तिर्ण भएका व्यक्तिहरूको दक्षिण कोरियामा ईपीएस अन्तर्गत रोष्टर सूचीकृत प्रकृयाको लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (जब एप्लिकेशन फाराम) दर्ता गरिने कार्यालयले जनाएको छ ।
उनीहरूको स्वास्थ्य परीक्षण २०८१÷०१÷३१ गतेदेखि जेठ २ गतेसम्म विभिन्न चार वटा अस्पतालमा हुने ईपीएस शाखाले जनाएको छ । त्यसका लागि पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल र निजामती अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ ।
त्यस्तै २०८१÷०२÷५ गतेदेखि ८ गतेसम्म अनलाइनमार्फत रोजगार आवेदन फाराम दर्ता गरिने शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण