सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

दरबारमार्गबाट हुन्डीको करिब एक करोड रकमसहित दुई जना पक्राउ

शुक्रबार, २८ वैशाख २०८१, ०८ : १३
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । 

पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ का मिलन बिक र सोही ठाउँमा समीर सुनार रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् । बुटवल घर भएका उनीहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप