बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्युपछिको अङ्ग दान : ७२ वर्षे वृद्धको अङ्गले दुई पुरुषले पाए पूनर्जीवन

मङ्गलबार, २० कात्तिक २०७५, १५ : ५८
मङ्गलबार, २० कात्तिक २०७५

भक्तपुर । नेपालमा वर्षेनी एक हजार भन्दा धेरै मानिसको मस्तिष्क मृत्युका कारण हुने गर्दछ । 

सडक दुर्घटना हुँदा समेत धेरै मानिसहरुको मृत्यु मस्तिष्क मृत्युका कारण हुने गरेको चिकित्सकहरुको भनाई छ । 

यदि समयमै यस्तो कारणले मृत्यु भएका मानिसको अङ्ग अरुलाई प्रत्यारोपण गर्न सक्ने वातावरण भए एक जनाको अङ्गले आठ जनाको जीवन बचाउन सकिने शहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

नेपालमा अङ्गदान गर्ने परम्परा खासैं नभएपनि दुई वर्षयता यसको सुरुवात भएको डाक्टर श्रेष्ठको भनाई छ । 

यहि कार्तिक १२ गते मस्तिष्क मृत्युपछि निधन भएका सर्लाहीका ७२ वर्षका टेकबहादुर योञ्जनको मृगौलाले दुई जनाले पूर्नजीवन पाएका चिकित्सहरुको भनाई छ । 

नवलपरासीको दाउन्नेमा रहेको एक गुम्वामा लामा गुरु रहेका योन्जन आफ्नो घर सर्लाही जाँदा एक्कासी अस्वस्थ भए । 

त्यसपछि उनको परिवारले उपचारको लागि गणेशमान सिह मेमोररियल अस्पताल पु¥यायो । अस्पताल पुगेको केही समयपछि उनको मृत्यु भयो । 

अस्पतालका चिकित्सकहरुले मस्तिष्क मृत्यु भएका विरामीको अङ्गले अन्य विरामीलाई बचाउन सक्ने बताएपछि उनको परिवार सहमत भयो ।

कामका लागि हाल भारतमा बस्दै आएका उनका छोरा मकर योन्जनले भने ‘बुवाको शरिरको अंगले अन्य दुई जनाले पूर्नजन्म आएकोमा म र मेरो आफन्त सबै जना खुसी छौ । ’ 

यस्तो कार्य अन्य धेरैले गर्ने हो भने धेरैको जीवनले पूर्नजन्म पाउने उनको भनाई छ । 

उनको परिवारले पीताको मृत्युपछि गरेको अङ्गदानले ४२ वर्ष र ३० वर्षका दुई पुरुषले जीवनदान पाएका छन् । उनीहरुमध्ये एक जना वीर र एक जना पोखरामा मृगौलाको उपचार गर्दै आइरहेका थिए । 

नेपालमा कानुनले समेत यसलाई मान्यता दिएपनि जनचेतनाको कमीले अङ्गदान गर्नेहरुको संख्या निकै कम रहेको चिकित्सकहरु बताउँछन् ।

मानिसको शरिरमा रहेका मृगौला, फोक्सो, मुटु, प्याक्रियाजलगायतका धेरै अङ्गहरु मस्तिष्क मृत्युपछि पनि मेडिकल चेकजाँचपछि अन्य मानिसमा प्रत्यारोपण गर्न सकिन्छ । 

त्यसका लागि शरिरको कुनै अङ्ग काम नलाग्ने भएर उपचार प्रक्रियामा रहेका र अङ्गदान दिने कोही नभएका वा आफन्तको रक्त समुह नमिलेलाई त्यसरी मृत्यु भएको मानिसको मिल्ने देखिएमा प्रत्यारोपण गर्ने गरिन्छ । 

शहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले अङ्गदान गर्ने परिवार र आवश्यक पहल गर्ने अस्पताललाई सम्मान समेत गरको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप