पत्नी सीताको उपचारका लागि गृहमन्त्रीसहित म्याग्दी पुगे प्रचण्ड
काठमाडौं– पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सोमबार बिहान म्याग्दीको तातोपानीमा पुगेका छन् । पत्नी सीता दाहालसहित अध्यक्ष प्रचण्ड तातोपानी पुगेका हुन् । पत्नी सीताको उपचारको क्रममा चिकित्सकको सल्लाहमा अध्यक्ष प्रचण्ड परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुग्नुभएको श्रोतले बताएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । सोही विश्वासका कारण मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
अध्यक्ष प्रचण्डसँग पत्नी सीता दाहालसहित, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ रहेका छन् । उनका साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी जीवन संगिनी नैनकला थापा पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल