शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाका जनप्रतिनिधिहरुद्धारा सरकारी कर्मचारीको चर्को आलोचना

सोमबार, ०९ साउन २०७४, १६ : ५६
सोमबार, ०९ साउन २०७४

गोरखा– गोरखाका जनप्रतिनिधिहरुले सरकारी कर्मचारीको काम गर्ने शैली प्रभावकारी नभएको भन्दै चर्को आलोचना गरेका छन् ।


 जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा आज जिल्ला समन्यव समितिको सभाहलमा भएको जनप्रतिनिधिहरु संगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनिहरुले कर्मचारीहरुको कार्यशैलीको आलोचना गरेका हुन् । 


कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले कार्यलय प्रमुखहरुलाई पटक पटक बिभिन्न खालका समस्या समाधानका लागि आग्रह गर्दापनि अटेर गर्ने गरेको बताए । उनले कार्यलय प्रमुखहरुले सामाजिक सञ्जाल मार्फत जनप्रतिनिधिहरुलाई दोस देखाउने तर आफु काम नगर्ने प्रबृति बढेको गुनासो गरे ।


सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले अधिकांश गाउँपालिका भित्रका सडकमा एम्बुलेन्स चल्न नसक्ने अबस्था रहेकाले जनताले अकालमा ज्यान गुमाउनुपर्ने अबस्था रहेको बताए ।

उनले भने, ‘कुन सडक कसले निर्माण गर्ने हो त्यो जिम्मेवारी पूर्वक पुरा गर्नुप¥यो मैले सडक बिभागलाई पनि पटक पटक भनेको छु तपाईहरु हुन्छ हुन्छ गर्छु भनेर टार्नुहुन्छ अनि कसरी काम हुन्छ ?’ कार्यक्रममा अजिरकोट गाउँपालिकाका अध्यक्ष फडिन्द्र धितालले गाउँपालिका भित्र समयमै कर्मचारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप