शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी बढ्दै छ, सौन्दर्य प्रतियोगितामा विक्रिति, प्रशिक्षणको नाममा मोटो रकम असुल्दै प्रमाण पत्र भिराउँदै

सोमबार, ०९ साउन २०७४, १८ : ३२
सोमबार, ०९ साउन २०७४

सरोज बस्नेत 


पूर्वमा पछिल्लो समयमा सौन्दर्य प्रतियोगिताको नाममा विकृति बढ्दै गएको पाइएको छ । पछिल्लो समय विभिन्न नाममा हुने सौन्दर्य  प्रतियोगिताहरुका सहभागिताहरुलाई प्रशिक्षणको नाममा मोटो रकम असुल्ने र भोटिङका लागि भन्दै टिकट भिडाउने जस्ता कार्य मात्र होइन उपाधिका लागि मोलमोलाई समेत  हुने गरेका घटनाहरु सार्वजनिक हुँदै आएका छन् । 

कतिपयले त विजयी भएको पुरस्कार लिन अझै बाँकी नै छ । च्याउसरी हुने यस्ता सौन्दर्य प्रतियोगिताका नाममा विकृति सिर्जना हुने क्रम बढेपनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । 

 केही प्रतियोगिताबाहेक अधिकांशले सौन्दर्य प्रतियोगितालाई कमाई खाने भाँडो बनाएको प्रतियोगीहरु बताउँछन् । प्रतियोगीहरूलाई आफैं पहिरन खरिद गर्न लगाउने र फारम तथा टे«निङ खर्च भन्दै छुट्टै पैसा उनीहरूले उठाउने गर्छन् ।  ब्युटी कन्टेस्टमा यस्ता अवैध गतिविधिले राम्रा प्रतियोगिता गर्नेलाई पनि असर पुगेको देखिन्छ ।    निष्पक्ष विजेता नछानिएको भन्दै यहाँ हुने कतिपय यस्ता सौन्दर्य प्रतियोगितामा विवाद र झगडासमेत हुँदै आएका छन् ।

 केही समयअघि बालबालिकाको क्षमता विकास र अभिबृद्धिका लागि भन्दै ग्ल्यामरस नेपाल, झापाले उर्लाबारीमा लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता रोकिएको थियो । केही बर्षअघिका विजेतालाई क्राउन, प्रमाणपत्र बाहेक कुनै पुरस्कार नदिएपछि उक्त प्रतियोगिता विवादमा तानिएको थियो । 
मोरङ जिल्लामा यतिबेला विशेष गरी सौन्दर्य प्रतियोगिता गरी कमाई खाने बनाउने संस्थाहरुको निकै सक्रियता बढेको छ । मोरङको सदरमुकाम विराटनगरमा सौन्दर्य प्रतियोगिताको नाममा ब्यापारै चलिरहेको पाइन्छ । हरेक महिना जसो यहाँ कुनै न कुनै बहानामा सौन्दर्य प्रतियोगिता भइरहेछन् ।

सौन्दर्य प्रतियोगिताका विजेताहरुले खासै अवसर भने पाएका छैनन् । पूर्वकै ठूलो सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चालन बाहेक अन्य प्रतियोगिता औपचारिकतामै सीमित बनिरहेको भुक्तभोगी स्वयं स्विकार्छन् ।

यहाँ, यतिबेला पूर्वी मोरङको उर्लाबारीमा मिस टिन प्रतियोगिताको फाइनल राउण्डको तयारी भइरहेको छ । झापा जिल्लाबाट आएर शंकर आर्ट फाउण्डेशनले मिस टिन उर्लाबारी गर्दैछ । आयोजकले विजेतालाई २० हजार, फष्ट रनरअपलाई १५ हजार र सेकेन्ड रनरअपलाई १० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ । 

२३ जना सहभागीलाई फर्म शुल्क ५ सय र प्रशिक्षणका लागि १० हजार रुपैयाँ असुलिसकेको आयोजकले ३ सयको टिकट बिक्रीबापत १० भोट दिने भन्दै टिकट भिराएको छ । 


विजेतालाई २० हजार पुरस्कार !
मिस टिन उर्लाबारीको विजेताले नगद २० हजार पुरस्कार पाउने भएका छन् । शंकर आर्ट फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गरी विजेतालाई २० हजार पुरस्कार दिने जनाएको हो । त्यस्तै, फष्ट रनरअपलाई १५ हजार र सेकेन्ड रनरअपलाई १० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ ।

 

२३ जना रहेको उक्त मिस टिनमा ब्यक्तित्व विकाससँगै आफूसँग भएका कला क्षमता विकास र त्यसको प्रस्पफुटन गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको फाउण्डेशनका कार्यक्रम निर्देशक लालबहादुर विश्वकर्माले जानकारी दिएका छन् । १३ बर्षदेखि १९ बर्षसम्मका युवतीहरुलाई कोरियोग्राफर मनित महर्जनले प्रशिक्षण दिइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप