मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसरी बौद्ध दर्शनको महत्वलाई अन्तर्राष्ट्रिय तहमा पुर्याइदै छ

सोमबार, ०९ साउन २०७४, १९ : २९
सोमबार, ०९ साउन २०७४

काठमाडौँ – लुम्बिनी बौद्ध विश्वविद्यालयको आठौँ सभाले बौद्ध दर्शनको महत्वलाई अन्तर्राष्ट्रिय तहमा फैलाउन बुद्ध शिक्षाको सूक्ष्म तथा बृहत्तर अध्ययनको अवधारणालाई पारित गरेको छ । 

यहाँ आज सम्पन्न सभाले विश्वविद्यालयको योजना पारित गर्दै अध्ययनको क्षेत्रलाई समाजमा व्यापक रुपमा फैल्याउन मुख्य, नयाँ र सामान्य बौद्ध विषयको विकास गरी भौतिक पूर्वाधार तथा मानव संसाधनको विकासलाई प्राथमिकता दिने जनाएको छ । 

विश्वविद्यालयको प्राज्ञिक उन्नयनका लागि शैक्षिक नियम र प्रशासन सञ्चालनका लागि आर्थिक तथा सेवासम्बन्धी नियम बनाउन कुलपति डा नरेशमान वज्राचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । 
समितिले एक साताभित्र सरोकार पक्षसँग समन्वय गरी अध्ययन गर्ने र प्रतिवेदन तयार पारी विश्वविद्यालयलाई बुझाउनेछ । 

मुलुकमा बौद्ध साहित्यको विकास तथा बौद्ध दर्शनको प्रवद्र्धन गर्ने उद्देश्यले जनस्तरबाट सञ्चालन गर्ने गरी स्थापित विश्वविद्यालयले बौद्ध दर्शनमा स्नातक, स्नातकोत्तर र विद्यावारिधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप