शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालकको उपचारका लागि जापानबाट ६२ हजार सहयोग

सोमबार, १० मङ्सिर २०७५, १४ : १३
सोमबार, १० मङ्सिर २०७५

गलेश्वर– विगत ६ महिनादेखि आँखाको क्यान्सरबाट पीडित म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका– ८ लम्सुङका आठ वर्षीय बालक नजिन विकको उपचारका लागि जापानबाट रु ६२ हजार १२३ सहयोग प्राप्त भएको छ । 

आर्थिक अवस्था कमजोर भएको र आँखाको शल्यक्रियामा ठूलो खर्च लाग्ने भनी पीडितका बुबा प्रेमबहादुर विकले सहयोगका लागि देश विदेशमा रहेका नेपालीमा अपिल गरेपछि सिन्धुपाल्चोककी सामाजिक अभियन्ता बबिता योञ्जनले नजिन बचाउ अभियान सञ्चालन गरेकी थिइन् । 

म्याग्दीकै आशिष परियार झिल्केले पीडित नजिनको अवस्थाबारे बाग्लुङ नगरपालिका– ५ मालिका बान्दै घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका गुरुप्रसाद सापकोटालाई भनेपछि मालिका समाज जापानका अध्यक्षसमेत रहनुभएका उनको सक्रियतामा ‘नजिन विक बचाउ’ अभियान फेसबुक ग्रुप सञ्चालन गरिएको थियो । 

सोही गु्रपमार्फत जापानमा कार्यरत नेपालीबाट सङ्कलन गरी पठाएको रकम पीडितका बुबा प्रेमबहादुर विकलाई हस्तान्तरण गरिएको आशिष परियार झिल्केले जानकारी दिए । पीडित नजिनको ललितपुस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको र पहिलो चरणको शल्यक्रिया सफल भएको बताइएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप