शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लाउरे गाउने, स्वस्तिमा नाच्ने

आइतबार, १६ मङ्सिर २०७५, ११ : ३७
आइतबार, १६ मङ्सिर २०७५

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले राजधानीको टुँडिखेलमा लाइभ नृत्य देखाउने भएकी छन् । 

यही मंसिर २२ गते आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा उनको नृत्य प्रस्तुति हुन लागेको हो । 

शनिबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजक नेपाल रग्बी एसोसियसनले ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रमको बिभिन्न पक्षबारे जानकारी दियो । 

अभिनेत्री स्वस्तिमा सहित नेपाली संगीत तथा चलचित्र क्षेत्रमा २ दर्जन बढि कलाकारले कार्यक्रममा प्रस्तुति दिने आयोजकको भनाई रहेको थियो । 

कार्यक्रममा आफूले नयाँ तथा पुराना गीतमा नृत्य गर्ने अभिनेत्री स्वस्तिमाले बताइन् । उनले भनिन्, ‘दर्शकको मनोरन्जन ध्यानमा राखेर म नृत्य देखाउने छु ।’

आयोजकले ट्रफी समेत सार्वजनिक गरेको कार्यक्रममा आयोजकले निःशुल्क प्रवेशको ब्यवस्था गरेको कारण दर्शक २५,००० बढी हुने दाबी गर्यो । 

लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लगायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति राख्नेछन् ।

कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप