शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अब पुरुषका लागि आयो गर्भनिरोधक जेल

मङ्गलबार, १८ मङ्सिर २०७५, १२ : १५
मङ्गलबार, १८ मङ्सिर २०७५

यदि तपाईंको पार्टनर कण्डम प्रयोग गर्दैनन् र तपाईं साइड इफेक्टको डरले गर्भनिरोधक औषधी खान चाहनुहुन्न भने तपाईंका लागि यो खुसीको खबर हुनसक्छ । वैज्ञानिकले पुरुषका लागि गर्भनिरोधक साधन तयार गरेका छन् ।

पपुलेशन काउन्सिल र एनआईएचक युनिस केनेडी श्रिवरले एउटा यस्ता जेलको विकास गरेका छन् जसको प्रयोगले पुरुषको शुक्रकिट अस्थायी रुपमा कम हुन्छ ।

यो अनुसन्धानलाई नेतृत्व गरिरहेकी डा. डायना ब्लिथले भनिन्, ‘धेरै महिलाले गर्भनिरोधक चक्की खान सकिरहेका हुँदैनन् र पुरुषको गर्भनिरोधक विधि भ्यासेक्टोमी र कण्डममा मात्र सिमित छ ।’

पिठ्युँ र काँधमा लगाइनेछ यो जेलः

यो जेलको नाम ल्भ्क्रत् राखिएको छ । यसलाई पुरुषहरुले आफ्नो पिठ्युँ र काँधमा लगाउनुपर्छ । यो जेललाई छालाले सोसेपछि यसले असर देखाउनेछ । यो जेललाई बनाउनका लागि टेस्टोस्टेरोनका साथै सेजेस्टेरोन नामको तत्व पनि समावेश गरिएको छ ।

शुक्रकिटको उत्पादनमा कमी ल्याउँछः

सेजेस्टेरोनले पुरुषको टेस्टोस्टेरोनको प्राकृतिक उत्पादनमा रोक लगाउँछ जसमार्फत वीर्यको उत्पादनमा अत्यधिक कमी आउने गर्छ । यसले यौन उत्तेजना र अन्य कार्यमा कुनै असर नराख्ने बताएको छ ।

यो जेललाई संसारभरीका चार सय २० जोडीमाथि चाँडै नै परीक्षण गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप