शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमै रियलको लज्जास्पद हार

बिहीबार, २७ मङ्सिर २०७५, ०९ : २१
बिहीबार, २७ मङ्सिर २०७५

एजेन्सी – साविक विजेता रियल म्याड्रिडले युईएफए च्याम्पियन्स लिग फुटबलमा समूह चरणको अन्तिम खेलमा लज्जास्पद हार खेपेको छ । 

घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल रुसी टोली सीएसएसके मस्कोसँग ३–० गोलले पराजित भयो । मस्कोको जितमा फेडोर चालोभले ३७औं, जर्गी सेनीकोभले ४३औं  र अर्नोर सिगुर्डसनले ७३औं मिनेटमा गोल गरे । पहिलो हाफमै दुई गोलले पछि परेको रियलले खेलभर आक्रमण जारी राखेपनि सफलता पाउन सकेन । 

रियलले १९ वटा पोस्ट प्रहार गरेको थियो । तर रियलका सबै प्रयास विफल बन्यो । रियल नौ बर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा घरेलु मैदानमा पराजित भएको हो । यसअघि सन् २००९ मा रियल युभेन्ट्ससँग पराजित भएको थियो । 

समूह जी अन्तर्गत अन्तिम खेलमा परािजत भएपनि रियल समूह विजेताबन्दै नकआउच चरणमा पुगेको छ । समूहमा १२ अंक बनाएको रियल यसअघिनै दोस्रो चरणमा पुगिसकेको थियो । 

यस समूहबाट इटालियन क्लब रोमा उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । बुधबार रातीनै भएको खेलमा रोमा पनि भिक्टोरिया प्लेजेनसँग २–१ गोलले पराजित भएको थियो ।

 हारेपनि यसअघि नौ अंक बनाएको रोमा दोस्रो स्थानमा रह्यो । समान सात अंक बनाएका प्लेजेन र मस्को बाहिरिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप