सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने
काठमाडौं–सानिमा बैंक लिमिटेडले आफ्ना सेयसधनीलाई १४ प्रतिशत नगद लाभांश दिने भएको छ । आज मंसिर २७ गते बसेको बैंकको १४औं वार्षिक साधारण सभाले उक्त लाभांश दिने निर्णय गरेको हो ।
बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सर्वसाधारण समूह (समूह “ख”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकमा भरत कुमार पोखरेल र महेश घिमिरेज्यू निर्बिरोध निर्वाचित भए ।
आर्थिक वर्ष २०७४÷७५ मा खुद नाफा १.७० अरव मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति ९१.८२ अर्ब, कुल निक्षेप ७९.१८ अर्ब, तथा कर्जा सापटी खुद ६९.२४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७३÷७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८, र ३२.१५ प्रतिशतले बृद्धि गरेको छ ।
बैंकको बित्तिय परिसूचक (असार मसान्त,२०७५)
निस्क्रिय कर्जा ०.०३ ५
पुँजी कोष १२.४१ ५
तरलता २४.७२ ५
कर्जा निक्षेप अनुपात (मासिक औसत) ७८.७८५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन