शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन देशको मुद्राको विनिमयदर कति ?

सोमबार, ०२ पुस २०७५, ०६ : २०
सोमबार, ०२ पुस २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस २) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ७४ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ३५ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४३ पैसा  र बिक्रिदर १४५ रुपैयाँ १८ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ  १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३७९ रुपैयाँ ३५ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप