शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग ‘ड्र’ सार्वजनिक

सोमबार, ०२ पुस २०७५, १९ : २२
सोमबार, ०२ पुस २०७५

एजेन्सी– युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता युईएफएल च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सोमबार सार्वजनिक भएको छ । युरोपियन फुटबल एसोसिएसन (युईएफए) को हेडक्वार्टर स्वीट्जरल्यान्डमा १६ को ‘ड्र’ सार्वजनिक गरिएको हो ।

‘ड’« अनुसार इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) प्रतिद्वन्दी पाएको छ । इटालियन टोली युभेन्ट्सले स्पेनिस टोली एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनिस महारथी बार्सिलोनाले फ्रान्सको लियोन प्रतिद्वन्द्वी पाएको छ । स्पेनिस जाइन्ट किलर साविक विजेता रियल म्याड्रिड डच क्लब आयक्ससँग भिड्नेछ ।

इङ्लिस क्लब लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखको सामना गर्नेछ । टोट्टनहामले जर्मन क्लब बोरुसिया डर्टमन्डसँग खेल्नेछ । अर्को इङ्लिस टोली म्यानचेस्टर सिटीले साल्केसँग खेल्नेछ । इटालियन क्लब रोमाले पोर्चुगिज क्लब पोर्तो प्रतिद्वन्द्वी पाएको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ को खेलहरु होम एन्ड अवेको आधारमा हुनेछन् । अन्तिम १६ को पहिलो लेग आगामी फेब्रुुरी १२ र १३ मा हुनेछ । यस्तै दोस्रो लेग फेब्रुुरी १९ र २० हुनेछ । अन्तिम आठको खेल आगामी मार्चमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप