जग्गा प्रकरणः बीस जनाविरुद्ध सार्वजनिक मुद्दा
कञ्चनपुर – महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ ।
प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको हो ।
प्रदेश सांसद, नेपाली काङ्ग्रेस, नेकपा र तीनका विद्यार्थी सङ्गठनले नगर विकास समितिको जमीनमा अवैध रूपमा निर्माण भइरहेका संरचना भत्काउन र निर्माणमा रोक लगाउनुपर्ने माग अघि सारेर गत साता जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई ज्ञापनपत्र बुझाएपछि प्रहरीले सार्वजनिक मुद्दा दायर गरी दोषीलाई पक्राउ गर्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सरकारी जमीन हडपेको आरोपमा आदेशानुसार पक्राउ गरी मुद्दा चलाएको बताए ।
उनका अनुसार पक्राउ पर्नेमा ललित जोशी, पदमराज जोशी, मेघराज जोशी, धुव्रराज भट्ट, यज्ञराज ओझा, कमलापति भट्ट, मीना जोशी, रामनाथ योगी, हर्कबहादुर खडायतलगायत रहेका छन् ।
खोकाछाप्राका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेर एक महीनाभित्र बनेका संरचना हटाएर लैजाने आदेश दिने त्यसका विपरीत रातिका बेला आएर घर तोड्ने र पक्राउ गर्ने कार्य गरिएको खोकाछाप्रा समितिका खेमराज ओझाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?