आइएमईको दशैंमा बीस लाख योजना अन्तर्गत शिवुले जिते १ लाख
काठमाडौं– नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत शिवु झागरले १ लाख जितेका छन् ।
रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर ‘लक्की ड्र’ बाट तेस्रोे महिनाको विजेता घोषित भएका हुन् । सेवाग्राही मल्लले नगद १ लाख प्राप्त गरेका छन् ।
आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्याम कृष्ण खकुरेल (अन्तराष्ट्रिय व्यापार)ले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट तिनजना विजेता घोषित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने