शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

आइतबार, ०६ माघ २०७५, ०६ : २७
आइतबार, ०६ माघ २०७५

काठमाडौं–अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको (माघ ६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६० पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य ११४ रुपैयाँ २० पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ २७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ १६ पैसा  र बिक्रिदर १४७ रुपैयाँ ९४ पैसा रहेको छ ।

 यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । 

 यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ६० पैसा र बिक्रिदर ३७६ रुपैयाँ ५७ पैसा रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप