शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘दाइजो’ले ज्यान लियोः दुई वर्षे छोरीलाई समेत विष खुवाइन् सीमाले

सोमबार, ०७ माघ २०७५, ०६ : ५८
सोमबार, ०७ माघ २०७५

जनकपुरधाम – जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

जनकपुर उपमहानगर–४ सरहन्चिया शान्तिनगरकी २५ बर्से सीमा शमौले दुई बर्षे शिशुलाई समेत विष खुवाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले बताए ।

प्रहरीका अनुसार शर्माले श्रीमान्, सासुससुरा र नन्दबाट थप दाइजो नपुगेको भनी यातना पाइरहेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप