बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो अनमोलको ‘क्याप्टेन’

शुक्रबार, १८ माघ २०७५, १८ : ४४
शुक्रबार, १८ माघ २०७५

काठमाडौं – अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एक फुटबल खेलाडीको जीवनमा आउने उतार चढाव देखाउने प्रयास गरिएको छ । फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् ।

फिल्ममा अनमोल अभिनेत्रीद्वय उपासनासिंह ठकुरी र प्रियंका एमभीसँग प्रेम र रोमान्स समेत समेटिएको छ । १७ फागुन प्रदर्र्शन मिति तोकिएको फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको समेत अभिनय छ । 

भुवन केसीको निर्माण रहेको फिल्म दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । पटकथा सामिप्यराज तिमल्सिना, द्धन्द चन्द्र पन्तको छ ।

–कार्यक्रममा अनमोलले कहिल्यै फुटबल नखेलेको भएपनि फिल्ममा आफुले फुटबलरको भूमिकामा न्याए गरेको बताए ।

–निर्माता भुवनले फिल्म दर्शकको रोजाइमा पर्ने बताए । उनले कथा फुटबलरको भए पनि फिल्म भित्र कलाकारको प्रेम र रोमान्स समेत रहेको उनको भनाई रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप